राधी विद्युत कम्पनीको नाफा ६७.७७ प्रतिशत बढ्यो |
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६७ दशमलव ७७ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा रू. ३ करोड २० लाख रहेको कम्पनीको नाफा चालू आवमा रू. ५ करोड ३६ लाख पुगेको छ । चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानी र वित्तीय आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवमा रू. १२ लाख ३७ हजार रहेको कम्पनीको वित्तीय आम्दानी चालू आवमा रू. १ करोड ९७ लाख पुगेको छ ।
गत आवमा विद्युत् विक्रीबापत रू. ७ करोड ७७ लाख आम्दानी गरेको कम्पनीले चालू आवमा रू. ७ करोड ७९ लाख पु¥याएको छ । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६७ करोड रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. २९ करोड २६ लाख सञ्चित गरेको छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ४१ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ४२ दशमलव ४५ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११७ दशमलव ४६ रहेको छ ।