फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय |
काठमाडौँ । सरकारले जनयुद्ध दिवसमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रीपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ ।