शिखर इन्सुरेन्सको खुद नाफामा झिनो गिरावट |
काठमाडौँ । शिखर इन्सुरेन्स कम्पनीको खुद नाफा ०.९५% ले घटेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २४ करोड ७ लाख ४ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा २४ करोड ३० लाख १० हजार रुपैयाँ नाफा गरेको थियो ।
यसको खुद बिमा शुल्क आम्दानी भने १.०९% ले मात्र बढेर ७७ करोड ५ लाख ८८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको दाबी भुक्तानी रकम ७.६०% ले बढेर ४२ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
यता, व्यवस्थापन खर्चमा पनि वृद्धि भएपछि खुद नाफामा सामान्य असर परेको देखिन्छ । यता, बिमा कोषको आकार ८.१४% ले बढेर १ अर्ब ५३ करोड १९ लाख रुपैयाँभन्दा माथि पुगेको छ । रिजर्भ कोष पनि १६.८०% ले बढेर पुस मसान्तसम्ममा ८१ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले उक्त पुँजीमा १६% बोनस सेयर वितरण गर्ने प्रस्ताव माघ २५ गतेको वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५८ पैसाले घटेर २१ रुपैयाँ ६ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने २१५ रुपैयाँ २१ पैसा छ ।