कालिका पावरको नाफा ५ करोड ५८ लाख |
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ५८ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ११.०९% ले थोरै हो ।
गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले ६ करोड २८ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ११ करोड ६१ लाख ४ हजार रुपैयाँबाट बढेर ११ करोड ९६ लाख ९८ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको भन्दा ३.१०% ले धेरै हो ।
यता, कम्पनीको वित्तीय खर्च १ करोड ९८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो खर्च १ करोड ५३ लाख रुपैयाँ रहेको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी सामान्य बढेपनि वित्तीय खर्च पनि बढ्दा कम्पनीको नाफामा असर परेको हो । साथै, यसको प्रशासनिक खर्च पनि ४६ लाखबाट बढेर ६८ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
कालिकाको चुक्ता पुँजी ६९ करोड रुपैयाँ र रिटेन अर्निङमा ७ करोड ६६ लाख रुपैयाँ जम्मा रहेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ६६ पैसा छ ।