छ महिना भन्दा कम अवधिको लागि संस्थागत मुद्दती निक्षेप राख्न नपाइने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले छ महिना भन्दा कम अवधिको लागि संस्थागत मुद्दती निक्षेप राख्न नपाइने व्यवस्था गरेकाे छ।
केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै मुद्दती निक्षेप सकार्ने न्यूनतम समय बढाउँदै प्रि–म्याच्योड गर्न नपाउने व्यवस्था गरेको हो ।
यसअघि संस्थागत ६ महिनाभन्दा कम अवधिको मुद्दती निक्षेप पनि लिन पाउथे अब भने यस्तो निक्षेप न्यूनतम ६ महिनाको हुन पर्नेछ भने तोकिएको समय भन्दा अगावै प्रि–म्याच्योड गराउन पाइने छैन ।
'३ महिना भन्दा कम समयावधिको व्यक्तिगत मुद्दती निक्षेप तथा ६ महिना भन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन । साथै, मुद्दती निक्षेपको समयावधि समाप्त नहुदै पूर्वनिर्धारित ब्याजदर कायम रहने गरी ग्राहकले चाहेको वखत जहिले पनि झिक्न पाउने गरी मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन । संस्थागत मुद्दती निक्षेपको हकमा ६ महिना व्यतित हुनु अगावै कुनै पनि रकम भुक्तानी फिर्ता प्रि–म्याच्योड गर्न पाइने छैन ।’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ।