राष्ट्र उत्थान लघुवित्तको खुद नाफा ७७.२७% ले घट्यो |
काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७७.२७% ले घटेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८३ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा भने ३ करोड ६८ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
राष्ट्र उत्थानको खुद ब्याज आम्दानी १०.४०% र सञ्चालन नाफा पनि ७६.७८% ले घटेपछि खुद नाफामा गिरावट आएको हो । यता, कम्पनीको खराब कर्जा पनि १.०३% बाट बढेर पुस मसान्तसम्ममा २.७३% पुगेपछि खुद नाफा प्रभावित भएको छ ।
पुस मसान्तसम्म आइपुग्दा यसको रिजर्भ कोष भने २२.२१% ले बढेको छ । यसको रिजर्भमा १८ करोड ९२ लाख ९० हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसको रोजर्भमा १५ करोड ४८ लाख ८६ हजार रुपैयाँ रहेको थियो । आइपीओ बिक्री गरेकाले चुक्ता पुँजी पनि बढेको छ ।
यसको कस्ट अफ फन्ड पनि २.७३% ले बढेर ९.२७% पुगेको छ । राष्ट्र उत्थानको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ८० पैसा रहेको छ ।