हिमस्टारद्वारा नयाँ हलोजन हिटर सार्वजनिक |

काठमाडौं । विगत ३० वर्षदेखि नेपाली ग्राहकहरुको मन र विश्वास जित्न सफल गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरु सार्वजनिक गरेको छ । जाडो मौसममा तातो राख्न विभिन्न तीन मोडलहरु सार्वजनिक गरेको हो ।
४००, ८०० र १२०० वाट क्षमताका उक्त हिटरहरु सबै पोर्टेबल आकारमा छन् । जसले प्रयोगकर्ताहरु लाई हिटर चारैतिर लैजान सहज हुनेछ । यसबाहेक, सबै तीन मोडलहरूमा वाईड अश्सिकिलेटिंग फंक्शन रहेको छ । जसले तापलाई चारैतिर फैलाउँछ । सबै मोडेलहरूमा सुरक्षा टिप(ओभर स्विच पनि रहेको छ । यो स्विच सबै प्लास्टिक र धातुको कभरमा आउँछ । हलोजन हिटरहरूका यी तीन मोडलहरूमा १ वर्ष वारंटीको रहेको छ ।
हिम इलेक्ट्रोनिक्सले आफ्ना ग्राहकहरुका माझमा बिगत धेरै वर्षदेखि विश्वसनीय कम्पनीको रुपमा स्थापित छ । यसले नेपाली उपभोक्ताहरुका लागि उत्पादन देखि विक्री पछिको सेवासम्म दिने गरी निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।