शिखर इन्सुरेन्सको दुई आर्थिक वर्षको एजीएम आज, लाभांश पारित गरिदैं |
काठमाडौँ । शिखर इन्सुरेन्स कम्पनीको आज (माघ २५ गते) दुई आर्थिक वर्षको साधारण सभा बस्दैछ । कम्पनीले १७ औं र १८ औं वार्षिक साधारण सभा एकैसाथ बोलाएको हो । सभा यस कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा सेयरधनीलाई १६% बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१% नगद गरी कुल १६.८४२१% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, आर्थिक वर्ष २०७७–७८ र २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । त्यसका साथै, अन्य कुनै निर्जीवन बिमा कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ १७ गते बुक क्लोज गरिसकेको छ । माघ १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।