समता घरेलु लघुवित्तको लाभांश घोषणा |
काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छ।
समता घरेलु लघुवित्तको शुक्रबार बसेका सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हो ।
लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन ।
साविक समता लघुवित्त र साविक घरेलु लघुवित्त बिच मर्जर भएको दुई वर्ष नपुगेको कारण हाल लाभांस कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याएको कम्पनीले जानकारी गराएको छ । यद्यपि २०७८ बैंशाख २ गतेपछि शेयर खरिद गर्ने शेयरधनीले लाभांशकर नियमानुसार भुक्तानी गर्नपर्ने छ ।