आजबाट फाइभजी परिक्षण गर्दै नेपाल टेलिकम |
काठमाडौँ । नेपाल टेलिकमले आज अर्थात माघ २२ गतेबाट काठमाडौंको विभिन्न स्थानबाट फाइभजी परिक्षण सुरु गर्ने भएको छ । खासगरी सरकारी स्वामित्वको नेपाल टेलिकमको बार्षिक उत्सबको मौका पार्दै कम्पनीले काठमाडौंको बबरमहल, सुन्धारा क्षेत्रबाट नेपालमा पहिलो पटक पाचौं पुस्ताको फाइभजी परिक्षण उद्घाटन हुने भएको हो ।
यस अघि टेलिकमले गत अग्रेजी नयाँ बर्ष २०२३बाट फाइभजी परिक्षण गर्ने भनेपनि प्राविधिक कारणले गर्न सकेको थिएन । आज सञ्चारमन्त्री रेखा शर्माको हातबाट फाइबजी परिक्षण उद्घाटन हुने भएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।
‘हामीले तत्कालको लागी काठमाडौंको बबरमहल र सुन्धारामा इक्युपमेन्ट जनाड गरेका छौं, परिक्षण्को लागी उपकरण तयारी अवस्थामा छन’ ।
खासगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले परिक्षण अनुमति दिएको झण्डै दुई बर्ष पछि फाइभजीको ट्रायल हुँदै छ । हालसम्म परिक्षण गरिएको फाइबजी सर्वसाधारणले प्रयोग गर्न पाउने नपाउने निश्चित नभएको टेलिकमले जनाएको छ । टेलिकमलाई फाइभजी परिक्षणको लागि दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।
उक्त फ्रिक्वेन्सीमा आधारित भएर फाइभजी सेवा परीक्षण सुरु गर्ने भएको हो । यसका लागि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीको लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण गरी टेलिकमलाई उपलब्ध गराइसकेको छ,जसमा टेलिकमले २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ ।
टेलिकमे काठमाडौंमा फाइभजीको औपचारिक परिक्षणपछि टेलिकमले सातै प्रदेशका मुख्य सहरहरुमा परिक्षण गर्ने तयारी गरेको छ ।
हाल देशभरका अन्य ठूला शहरकापनि फाइजी परिक्षण गर्ने टेलिकमले उपकरण टेस्टिङ गरिरहेको छ ।