पाँचौें नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी माघ २७ देखि २९ गतेसम्म चितवनमा हुँदै |
काठमाडौं । चितवनमा पाँचौं नेपाल एग्रिटेक इन्टरनेसनल एक्सपो २०२२ हुने भएको छ । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले विगतका वर्षहरु झैं यसवर्ष पनि कृषि सम्बन्धी एक्स्पो गर्न लागेको हो ।
भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा यहि फागुन माघ २७, २८ र २९ गते एक्स्पो हुने आयोजकले जनाएको छ । उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलका साथै कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, विषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने आयाेजकले बताएकाे छ ।
उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कम्पनीले बताएको छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला– ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजकले जनाएको छ ।
पाँचौ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनीसंगै नेपाल फुड एंड बेभेरेज एक्स्पो पनि आयोजना हुने भएको छ । यस एक्स्पो अन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटेरिंग लगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरणहरु समावेश रहने आयोजकले जनाएको छ ।