नेजाको आठौं अधिवेशन ह्युस्टनमा हुने |

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आठौं अधिवेशन तथा १६औं साधारण सभा टेक्ससको ह्युस्टन सहरमा हुने भएको छ।
सल्लाहकारसहित नेजा कार्यसमितिको जनवरी १६, २०२३ मा बसेको बैठकले संघको साधारण सभा आगामी मे २० र २१ मा ह्युस्टनमा गर्ने निर्णय गरेको संघका अध्यक्ष विकासराज न्यौपानेले जानकारी दिए।
संघको १५ औं साधारण सभा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा भएको थियो। यसअघि संघको चौथो अधिवेशन २०१४ मा ह्युस्टनमा सम्पन्न भएको थियो।