बिहीबार सुनको मूल्यमा फेरि अर्को नयाँ रेकर्ड कायम |
काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आजका लागि छापावल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँ तोकिएको छ । जुन हालसम्मकै नेपाली सुन बजारको इतिहासमा सबै भन्दा उच्च मूल्य भएको महासंघले जनाएको छ ।
यस्तै आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ४ र चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ । यस अघि सुनको उच्चतम् मूल्य तीन दिन अघि १० माघमा कायम भएको थियो ।
सो दिन यस अघि २०७८ फागुन २५ गते कायम भएको सुनको उच्चतम् मूल्य एक लाख पाँच हजार ५०० रुपैयाँको बिन्दू पार गर्दै एक लाख ६ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
उच्चतम् रेकर्ड बिन्दुबाट बुधबार तोलामा एक सय रुपैयाँले सस्तो भएको सुनको मूल्य बिहीबार पुनः उकालो लागेको हो ।
बिक्री मूल्य उच्च भएपछि सुनको कारोबार गत साता देखि नै प्रभावित भएको महासंघले जनाएको छ ।