बुद्धभूमि नेपाल हाइड्रोपावरले लाभांशबीनै फागुन ५ गते बोलायो एजीएम |
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा वालनट बिस्ट्रो एन्ड ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले सञ्चालक समितिको आर्थिक वर्ष २०७७–७८ र २०७८–७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
साथै, सर्वसाधारण सेयरधनीहरु (समूह ख) बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीले लगानीकर्तालाई लाभांश सम्बन्धी कुनै प्रस्ताव भने गरेको छैन् ।
सभा प्रयोजनका लागि यसले माघ १९ गते बुक क्लोज गर्ने भएको छ । माघ १८ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।