मिथिला लघुवित्तको खुद नाफा ३७ प्रतिशतभन्दा बढीले घट्यो |
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २ करोड १७ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष ३७ दशमलव २५ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ४६ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा करिब ३९ प्रतिशत कम हुँदा खुद नाफामा असर परेको हो । गत वर्ष रू. ४ करोड २७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २ करोड ६२ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।
सम्भावित जोखिम शिर्षकको रकममा बृद्धि भएकाले यस वर्ष कम्पनीको सञ्चालन नाफा घटेको हो । गत वर्ष रू. ५३ लाखभन्दा बढी रहेको सम्भावित जोखिम शिर्षकको रकम यस वर्ष रू. ८७ लाखभन्दा बढी रहेको छ । गत वर्ष रू. १ करोड १६ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ७९ लाखभन्दा बढी मात्र खराब कर्जा संकलन गरेको हो ।
२५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. १७ करोड ४ लाख ३७ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. १८ करोड २० लाखभन्दा बढी कायम भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट यो दोस्रो त्रैमाससम्म कम्पनीले रू. १ अर्ब ३० करोडभन्दा बढी कर्जा सापटी लिएको छ ।
कम्पनीले दोस्रो त्रैमाससम्म रू. ७९ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ३१ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा भने गत वर्षभन्दा यस वर्ष कम भएको छ ।
गत वर्ष ३ दशमलव ९५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव २९ प्रतिशतमा झरेको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २५ दशमलव ५२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २०६ दशमलव ८१ रहेको छ ।