राष्ट्र बैंकले ११ अर्ब ३ करोडको ट्रेजरी बिल बेच्दै |

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब ३ करोड रुपैयाँबराबरको ‘ट्रेजरी बिल’ विक्री गर्ने भएको छ । भोली मंगलबार ट्रेजरी बिल जारी हुने बैंकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल खरिद गर्नका लागि आज सोमबार दिउँसो २ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुने समय दिएको थियो ।
राष्ट्र बैंकले ९१ दिन अवधिका लागि ४ अर्ब ३ करोड रुपैयाँ, १ सय ८२ दिन अवधिका लागि ५ अर्ब र ३ सय ६४ दिन अवधिका लागि २ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । ९१ दिने ट्रेजरी बिल आगामी चैत १२, १ सय ८२ दिने ट्रेजरी बिल २०७६ असार १० र ३ सय ६४ दिने ट्रेजरी बिल २०७६ पुस ८ गते परिपक्व हुने छ ।
यसअघि पुस २ गते भएको ८ अर्ब २३ करोड रुपैयाँबराबरको ९१ दिन अवधिको ट्रेजरी बिल अनलाइन बोलकबोलमा १९ अर्ब ३७ करोड ५० लाख रुपैयाँ र २ अर्बबराबरको ३ सय ६४ दिने ट्रेजरी बिलमा ९ अर्ब ६० करोड रुपैयाँबराबरको बिड परेको थियो ।