सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २०.७९% ले घट्यो |
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २०.७९% थोरै हो ।
गत वर्ष बैंकले २६ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १४.७९% ले बढ्दा सञ्चालन नाफा भने २०.७९% ले घटेको छ । इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो ।
हाल यसको चुक्ता पुँजी ३ अर्ब १ करोड रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा भने १ अर्ब ६ करोड रुपैयाँ छ । बैंकको कस्ट अफ फन्ड १०.४३% रहेको छ ।
यसको खराब कर्जा १.१५% बाट बढेर ३.३६% पुगेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६ पैसा रहेको सांग्रिलाको प्रतिसेयर नेटवर्थ भने १४४ रुपैयाँ ५१ पैसा छ ।