तारागाउँ रिजेन्सी होटेल्सले ८.४२% नगद लाभांश अनुमोदनका लागि बोलायो एजीएम |
काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्सले लाभांश प्रस्ताव पारित गर्न फागुन ३ गते साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा यस कम्पनीले ८.४२% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि यस कम्पनीले माघ १८ गते देखि फागुन ३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ १७ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।