कृति भेन्चरले प्रिमियममा आइपीओ जारी गर्ने, प्रस्ताव पारित गर्न माघ २२ मा विशेष साधारण सभा |
काठमाडौँ । कृति भेन्चर फन्डले प्रिमियममा आइपीओ जारी गर्ने प्रस्ताव सहित माघ २२ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभा माछापुच्छ्रे क्यापिटल लिमिटेड, काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । सभामा यस कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ ।
यो कम्पनी एक वैकल्पिक लगानी फर्म हो । यसले विभिन्न कम्पनीहरुमा लगानी गरेको छ । यस फन्डले पुस ३० गते देखि ४०% हकप्रद सेयर बिक्री खुला गरेको छ । यसमा फागुन ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।