एनआरएनए आइसिसी सदस्य क्षेत्री टुरिजम गुडविल एम्बेसडर नियुक्त |

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएसँग आबद्ध रहेका अभियन्ता नन्द बहादुर क्षेत्री 'नेत्र' मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडरमा नियुक्त भएका छन् ।
नेपालको पर्यटन क्षेत्र र विधामा सक्रिय रहँदै आएका क्षेत्रीले पर्यटन विद्यामा खेलेको अहम् भूमिका र निरन्तरताको फलस्वरूप नेपाल सरकारले चार वर्षका लागि मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको छ ।
क्षेत्रीलाई नेपाल सरकार मन्त्रीस्तरिय निर्णय अनुसार सरकारले यो निर्णय गरेको हो । क्षेत्रीलाई पर्यटन मन्त्रालयले नियुक्ति पत्र मलेसिया नै पठाएको छ । नियुक्ति पत्र वितरणपछि पर्यटन सचिव सुरेश अधिकारीले लामो समयदेखि पर्यटन क्षेत्रमा लागि पर्दै आएका क्षेत्री लगायतलाई नेपाल सरकारले टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको बताए ।
सचिव सुरेश अधिकारीले यो क्षेत्र झनै बिस्तार र बलियो हुने विश्वास व्यक्त गरेर नै मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा क्षेत्रीलाई नियुक्त गरेको बताए । क्षेत्रीले राज्यले आफूमाथि विश्वास गरेर दिएको जिम्मेवारीलाई मुलुकको हित र प्रवासी नेपालीहरूको साथ लिँदै सजगताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरे ।