सीटीसी मलमा संचालन भइरहेको मोबाइल एक्सचेञ्ज मेला भोलीसम्म |

काठमाडौं । सीटीसी मल सुन्धारामा रहेको सीटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला भोली सकिदै छ । एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर समेत रहेको मेला पुष १० गते मंगलबार क्रिसमसको दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन् । यसका साथै त्रिसमस डे लाई लक्षित गरेर मोबाइल हबले एउटा मोबाइल किन्दा अनिवार्य रुपमा एउटा गिफ्ट पनि उपलब्ध गराउने छ ।
मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याकलगायतका सामाग्री किस्ताबन्दीमा किन्न पाउने छन् ।

९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिन्छ । ‘मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मुल्य पाउनुका साथै सट्टापट्टा पनि गर्न सकिन्छ ।’ सीटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले भने । ‘मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा, र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।’ उनले भने ।
मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ । ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइने छ । निːशुल्क पार्किङको व्यवस्था गरेको हबले अवलोकनकर्ता लाई लक्की ड्र बाट आकर्षक उपहार बितरण गर्नेछ । मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् ।
सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वानप्लस, नोकिया ,कलर्स, एमआई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एमआई, डेल र एप्पलका ल्यापटप, म्याकबुक, आईप्यड मोबाइल हबको आकर्षण हुन् ।