बिग मार्टमा स्मार्ट क्यूआरमार्फत तरकारी र फलफूल खरिद गर्दा १५ प्रतिशतसम्म छुट |
काठमाडौं । स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गर्दै छुट अफर ल्याएको छ ।
बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा छुट पाइने अफर सार्वजनिक गरिएको स्मार्ट च्वाइस टेक्नोलोजीले जनाएको छ ।
तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम १ सय ५० रुपैयाँ) सम्म छुट प्राप्त गर्न सक्ने स्मार्ट च्वाइसले जनाएको छ ।