१५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पुस १३ देखि, जुत्ता चप्पलमा १५ प्रतिशत छुट |

काठमाडौं । यही पुस १३ गतेदेखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी व्यवस्थापन मूल समितिका संयोजक नवराज गौतमले काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा ‘राष्ट्र समृद्धिको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूल नाराका उक्त मेलाको आयोजना गरिएको जानकारी दिएका हुन् ।
नेपाल भर छरिएर रहेका उद्योगहरूबाट उत्पादन भएका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरू उपभोक्ताहरूले एउटै छानामुनि अवलोकन तथा छनोट गरी प्रतिपस्र्धी मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्नु प्रदर्शनीको उद्देश्य रहेको बताइएको छ ।
उद्योगहरूले आफ्ना उत्कृष्ट उत्पादनहरूको प्रदर्शनी गरी उत्पादन तथा निकासी अभिवृद्धि गर्ने कार्यमा प्रदर्शनीबाट सहयोग पुग्ने मेला संयोजक पौडेलले बताए । प्रदर्शनी १ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।
आयोजकका अनुसार मेला अवधिभर जुत्ता तथा चप्पलको खरिदमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । नयाँ डिजाइनका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरू अवलोकन गर्न पाइनेछ । शारीरिक अशक्तता तथा जेष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
त्यसैगरी, स्कूल तथा कलेजबाट अवलोकनका लागि यूनिफर्ममा आउने विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था छ । प्रदर्शनी अवधिभर सेलिब्रेटीहरूको उपस्थितिमा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । राष्ट्रिय पोशाकमा आउनेलाई समेत निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।