मिर्मिरे लघुवित्तको साधारण सभा सम्पन्न, २३ प्रतिशत लाभांश पारित |
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १२ ओं बार्षिक साधारण शभाले लाभांश पारित गरेको छ । लघुवित्तले गत आर्थिक बर्ष २०७८र७९ को नाफाबाट २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रप्स्ताव पारित गरेको हो ।
साथै संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।
लघुवित्तका देशभर १५२ वटा शाखा संजाल रहेका छन् । लघुवित्तको गत असार मसान्तसम्म चुक्ता पूँजी ५२ करोड २० लाख रहेको थियो ।
चालु आर्थिक आर्थिक बर्ष २०७९र८० मा बुद्दज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरि चुक्ता पूँजीमा ९१ लाख २० हजारको बढोत्तरी भई ५३ करोड १२ लाख पुगेको थियो । साथे बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी ६५ करोड ३३ लाख कायम पुगेको छ । लघुवित्तले हालसम्म ३ वटा लघुवित्तलाई प्राप्ति गरिसकेको छ ।
एक आपसमा गाभ्नेरगाभिने सम्बन्धमा मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक समझदारी सम्पन्न भएको छ ।