नयाँ सारथी लघुवित्तले २० प्रतिशत लाभांश दिने |
काठमाडौं । नयाँ सारथी लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामि साधारणसभाले पापिरत गरेपछि शेयरधनीले पाउने छन्।