विकास बैंकहरुको पनि घट्यो ब्याजदर |
काठमाडौं । विकास बैंकहरुको पनि माघका लागि निक्षेपको ब्याजदर घटाउने भएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको बिहीबारको बैठकले माघका लागि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । एसोसिएसनले ब्याजदर ०.८५% बिन्दुले घटाउने निर्णय गरेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पाख्रेलले बताए । विकास बैंकहरुले यसअघि पनि एक पटक ब्याजदर घटाइसकेका छन् ।
अब विकास बैंकहरुले माघका लागि एकवर्षे व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२% कायम गर्नेछन् । यसअनुसार एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर १०% र साधारण बचतको ब्याजदर ७% कायम हुने एसोसिएसनका अध्यक्ष पोखरेलले बताए ।
यता, ब्याजदर घटाउने कि नघटाउने भन्ने निर्णयका लागि फाइनान्स कम्पनीहरुले शुक्रबार बैठक बोलाएको नेपाल वित्तिय संस्था संघका अध्यक्षमा सरोजकाजी तुलाधरले नेपाली पैसालाई बताए । वाणिज्य बैंक र विकास बैंकले निक्षेपको ब्याजदर घटाइसकेकाले फाइनान्स कम्पनीहरुलाई पनि ब्याजदर घटाउने दबाब छ ।