पुनः फर्क्यो सीएमसी कम्पनी मेलम्चीको सुरुङमा | डिसेम्बर २१ मा ठेक्का तोडेको पत्र लियो फिर्ता
काठमाडौं । आयोजनाबाट समयमा भुक्तानी नपाएको आरोप लगाउँदै मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्झौता तोडेर स्वदेश भाग्न लागेको इटालियन कम्पनी सीएमसी पुनः काममा फर्कने भएको छ । उक्त कम्पनीले आफूले सम्झौता तोडेको उल्लेख गर्दै १७ डिसेम्बरमा आयोजनालाई पत्राचार गरेको थियो ।
पत्र पाएपछि आयोजनाले उक्त कम्पनीको बैंक खाता रोक्का गर्न पत्राचार गर्यो । बैंक खाता रोक्का हुने भएपछि कम्पनीले आयोजनाविरुद्ध मुद्दा पनि हाल्यो । अदालतले निर्माण कम्पनीको बैंक खाता रोक्का नगर्न अन्तरिम आदेश दिँदै छलफलमा बोलायो । त्यसपछि डिसेम्बर २१ मै उक्त पत्र फिर्ता लिएर काममा फर्कने भएको हो ।
स्रोतले भन्यो, ‘ठेक्का तोडेको पत्र फिर्ता लिएर सीएमसी काममा फर्कन तयार भएको छ, अब मेलम्चीको निर्माण कार्य पुनः अगाडि बढ्ने भएको छ ।’