आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन |
काठमाडौं । पुस २७ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेले इन्स्योरेन्सको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ५०० रुपैयाँ २८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५३० रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर बिहीबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।
इन्स्योरेन्सले माघ ९ गते, होटल लि हिमालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११ बजे २५ औँ वार्षिक साधारण सभा डाकेको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।