ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ गतेदेखि सुरू |
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको पुस २५ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ। यी दुई बैंक एक आपसमा गाभिएपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो।
दुबै बैंकको मंसिर २३ गते बसेको छुट्टाछुट्टै साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन्। नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको हो।
त्यस्तै, बैंक अफ काठमाण्डू गाभिने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व ग्लोबल आइएमई बैंकले व्यहोर्ने सकार्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरमा जाने स्वीकृति दिएको हो।
मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ।