वीरगञ्जमा सिभिल बैंकको रक्तदान कार्यक्रम, १ सयले गरे रगत दान |

वीरगंज । सिभिल बैंक लिमिटेडले वीरगंजस्थित महावीर शाखा कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रमको बैंकका क्लस्टर हेड दीपककुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । बैंकले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको बताएको छ ।
कार्यक्रममा लियकत अली, रोशन कलवार, कामेश्वर पटेल, भरत कुमार श्रेष्ठ, विशाल रिजाल, टिंकु कुमार रौनियार, सुरज खडका, धर्मेन्द्र चौरसिया, राजबाबु रौनियार, शेख फिरोजलगायत सय जनाले रक्तदान गरेको बैंकका शाखा प्रबन्धक सन्तोष साहले जानकारी दिए । कार्यक्रम रक्त सञ्चार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।