संसारको पहिलो उड्ने मोटरसाइकलको बुकिङ सुरु, सुरुवाती मूल्य ३.१५ करोड |
संसारको पहिलो उड्ने मोटरसाइकलको बुकिङ सुरु भएको छ। उक्त उड्ने मोटरसाइकलको नाम’स्पिडर’ राखिएको छ। यसको सुरुवाती मूल्य ३.१५ करोड राखिएको छ।
अमेरिकाको डेट्रॉइट अटो सोमा ‘फ्लाइंग बाइक 'एक्स टूरिज्म' प्रदर्शनीमा राखिएको छ। उक्त होबर बाइक जापानको स्टार्टअप कम्पनी एइआरडव्लुआइएनएस(AERWINS)टेक्नोलोजीले बनाएको हो।
करिब एक सय किलो मिटर प्रति घण्टाको दरले उड्ने उक्त मोटरसाइकल पेट्रोलले चल्ने गर्छ। एक पटकमा उक्त मोटरसाइकललाई ३० देखि ४० मिनेट सम्म मात्रै उडाउन सकिने बताइएको छ। मोटरसाइकलको वजन तीन सय किलो छ। तीन सय किलो वजन भएको उक्त मोटरसाइकलले एक सय किलो ग्राम बोकेर उड्न सक्ने दाबी गरिएको छ। तर उक्त मोटरसाइकल ठुलो मात्रामा उत्पादन भने सुरु भइसकेको छैन।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुहाई कोमात्सुका अनुसार जापानमा उक्त मोटरसाइकलको बिक्री सुरु भई सकेको छ। अमेरिकामा २०२३ देखि उड्ने उक्त मोटरसाइकल बिक्री गर्ने कम्पनीको योजना छ। मोटरसाइकलको सफलतापूर्वक बिक्री भए पश्चात् सानो र सस्तो भर्जनमा समेत कम्पनीले उत्पादन सुरु गर्ने कोमात्सुको भनाई छ। त्यसपछि मात्रै उक्त मोटरसाइकल भारत, चिन लगायतका देशमा उपलब्ध गराइकने कम्पनीले जनाएको छ।
सन् २०२५ सम्म उक्त मोटरसाइकल संसारका प्रमुख मुलुकहरूमा सहज रुपमा उपलब्ध हुने अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले समाचार लेखेको छ।