प्रुडेन्सियल इन्सुरेन्सको बोनस सेयर घोषणा |
काठमाडौं । प्रुडेन्सियल इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ६.५% बोनस सेयर र कर तिर्न ०.३४२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र प्रुडेन्सियलको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । कम्पनीले अघिल्लो वर्ष भने ७% बोनस सेयर र ०.३७% नगद लाभांश वितरण गरेको थियो ।