प्रधानमन्त्रीकै निर्देशनमा एमडिएमएस कार्यान्वयन स्थगित | विदेशबाट मोबाइलमा ल्याउन यसअघिकै व्यवस्था कायम
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको ठाडो निर्देशनमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयमा तत्काल रोक लगाइएको छ । आज अर्थात पुस १५ गतेदेखि एमडिएमएस सिस्टम कार्यान्यवन गर्ने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले तयारी गरेको थियो ।
तर, बिहिबार राति नै प्रधानमन्त्रीले प्राधिकरणलाई रोक्न निर्देशन दिएपछि एमडिएमएस लागु गर्न प्राधिकरण पछि हटेको हो ।
प्राधिकरण स्रोतका अनुसार एमडिएमएसमा पछिल्लो समय विवादित बनेको र थप छलफल गरेर मात्रै कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयबाट निर्देशन जारी भएको छ ।
‘पछिल्लो समय विदेशबाट मोबाइल ल्याउन नपाइने व्यवस्था गरेपछि प्रधानमन्त्रीबाटै हस्तक्षप भएको हुन सक्छ’ स्रोतले भन्यो ‘थप छलफल गरेर अघि बढ्न निर्देशन छ’ ।
त्रिभुवन विमानस्थलबाट विदेशमा बस्ने नेपालीले एउटा मोबाइल पनि ल्याउन नपाउने व्यवस्था गरेपछि सर्वत्र विरोध भएको थियो ।