ह्वावे कनेक्ट २०२२ सम्पन्न |
काठमाडौं । ह्वावे नेपालले डिसेम्बर २०, २०२२ मा आफ्नो वार्षिक औद्योगिक कार्यक्रम ‘ह्वावे कनेक्ट २०२२’ आयोजना गरेको छ । यस वार्षिक फ्ल्यागशिप कार्यक्रम ह्वावेले नेपालमा तेस्रो पटक आयोजना गरेको हो ।
ह्वावे कनेक्ट २०२२ नेपाल, ह्वावेको ग्लोबल आईसीटी उद्योगका लागि वार्षिक फ्ल्यागशिप कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । यस वर्षको कार्यक्रमको विषय वस्तु ‘अनलीश डिजिटल’ रहेको छ । जसमा देशभरका ४०० भन्दा बढी आईसीटी उद्योगका लिडर, विज्ञ र साझेदारहरूलाई कसरी डिजिटल प्रोडक्टिभिटिलाई अझ प्रभावकारीरूपमा अनलाइन गर्ने, डिजिटल इकोनोमीलाई प्रोमोट गर्ने र बलियो डिजिटल इकोसिस्टमहरू निर्माण गर्ने बारे अन्वेषण गर्ने रहेको छ ।
कार्यक्रममा ह्वावेले विभिन्न उद्योगहरूमा डिजिटल विकासलाई अगाडि बढाउन चालेका कदमहरू सेयर गरेको थियो । कार्यक्रमको सुरुवात गर्न ह्वावे एसिया प्यासिफिक इन्टरप्राइज बिजनेस ग्रुपका अध्यक्ष निकोलसमाले क्षेत्रीय डिजिटल रूपान्तरण प्रगतिको अन्तर दृष्टि सेयर गर्दै र ह्वावे र इको–पार्टनरहरूले डिजिटल अर्थतन्त्रमा नेपाललाई सहयोग गर्न सक्ने तीनवटा तरिकाहरूमा डिजिटल पूर्वाधार, औद्योगिक एप्लिकेसन र डिजिटल प्रतिभा समावेश गर्दै उद्घाटन मन्तव्य दिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले भने, ‘निजी क्षेत्रको व्यापक सहभागिताबाट सामाजिक र आर्थिक विकासका लागि पूर्वाधारको रूपमा ग्रामीण तहसम्म सूचना र सञ्चार क्षेत्रको विकास र विस्तार गर्ने साथै सूचना र सञ्चार प्रविधिको प्रसारमा जोड दिने हाम्रो उद्देश्य रहेको छ ।