प्रा.डा. तारा चित्रकार प्राइम बैंकको सञ्चालक नियुक्त |
काठमाडौं । प्राइम कमर्सियल बैंकको सञ्चालकमा प्रा.डा. तारा चित्रकार नियुक्त भएकी छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको ४५५ औं बैठकले उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
चित्रकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा, विषयमा प्राध्यापन गरेकी थिइन् । उनका विभिन्न शोधमूलक लेख रचना प्रकाशित छन् भने सामाजिक क्षेत्रमा समेत सक्रिय छिन् ।
बैंकले १ अर्ब ६६ करोड ९७ लाख ४ हजार ८९१ (प्रति शेयर ८.९५% का दरले) लाभांश वितरण गर्ने निर्णय गरेको छ ।