अजोड इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता | अजोड इन्स्योरेन्सबाट स्वास्थ्य बीमा गर्ने ग्राहकले अब ओम अस्पतालमा पनि क्यासलेस सेवा पाउने

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेण्टर बीच नगदरहित (क्यासलेस) उपचार सेवासम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र अस्पतालको तर्फबाट प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरूले उक्त अस्पतालमा भर्ना भई उपचार गराउनुपरेमा उक्त अस्पतालबाट नगदरहित उपचार सेवा पाउन सक्नेछन् ।
कम्पनीले स्वास्थ्य बीमामा जोड दिँदै स्वास्थ्य बीमाबारे सचेतना वृद्धि गर्ने उद्देश्यले उक्त सम्झौता गरेको बताएको छ । कम्पनीले देशैभरिका अस्पतालसँग सम्झौता गर्ने उद्देश्यका साथ उपत्यकाका विभिन्न अस्पताहरूसँग त्यस्तो सम्झौता गरिसकेको छ । साथै, उपत्यकाबाहिरका अस्पतालमा पनि छिट्टै सम्झौता गर्ने जानकारी दिएको छ ।