“लेन्समी अप वर्कस्पेस” नेपाली बजारमा सार्वजनिक |
काठमाडौं । नेपाली कम्पनी "लेन्समी अप"ले आज त्रिपुरेश्वरको एलइडि बोर्ड मार्फत आफ्नो वर्कस्पेसको सेवा सम्पूर्ण संस्था, एजेन्सी र फ्रीलंसेर मेडीअटोरहरुको लागि सार्वजनिक गर्दैछ । उक्त वर्कस्पेसबाट नयाँ समुह बनाउन, जोड्न, साझेदारीमा व्यवस्थित रुपमा काम गर्न सहयोग गर्ने कम्पनीकाे विशवास छ ।
आईतबार बेलुकी ५ बजे सार्वजनिक गरिने वर्कस्पेसको माध्यमबाट कामको अवस्था निरन्तर अनुगमन गर्न, लक्ष्य तय गर्न , कामको प्राथमिकता तय गर्न र अन्तिम मितिको सहजै जानकारी लिन सक्नेछन् । यी सबै कुरा नविनतम शैलीमा गर्न सकिने कम्पनीले बताएकाे छ ।
आफ्नो कामलाई व्यवस्थित गरि थोरै समयबाट धेरै कुरा निकाल्न चाहने कम्पनीहरुकोलागि "लेन्समी अप"को यो सेवा सहि छनोट हुनेछ । उक्त सेवा लिए पछी कम्पनीहरुले, कामको अनुगमन गर्न , फाइलहरु आदान प्रदान गर्न , रियल टाइम कुराकानी आदान प्रदान गर्न, कामहरुलाई व्यवस्थापन गर्न अन्त धाइ रहनु पर्नेछैन ।
कम्पनीका संचालक निराजन केसी भन्छन् “ हामी हाम्रो सेवा सम्पूर्ण माझ राख्न पाउदा हर्सित छौं । हामीलाई आशा छ हाम्रो सेवाले धेरैलाई सहोयोग गर्ने छ र हामी नेपाल मात्र नभई छिट्टै नै अन्तराष्ट्रिय स्तरमा लान सक्नेछौं ।”
साधारण मान्छेले पनि सजिलै प्रयोग गर्न सकिने र कम्पनीहरुले लगानी गर्दा पनि मितव्ययी रहने छ , यसकासाथै यसले दैनिक कार्यसम्पादनमा समेत सहयोग गर्ने निराजनले जानकारी दिएका छन् ।
हालकोलागि भने ३ महिनासम्म सम्पूर्ण शुल्क कम्पनीले बेहोरी नेपाली व्यवसायीहरुलाई यसको सहज उपलब्धता गराउने कम्पनीको पधादिकारीले जनाए । यसकासाथै कम्पनीले धेरै सेवा लिन सक्ने र चाहिँदा सेवालाई थप घट गर्न सकिने उनले बताए ।