एनआईसी एशियाको नयाँ शाखा भोजपुरको वैकुण्ठेमा |

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले देशभर शाखा विस्तार गर्ने अभियानलाई जारी राखेको छ । बैंकले भोजपुर जिल्लामा अर्को नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले भोजपुरको रामप्रसादराई गाउँपालिका– ६, वैकुण्ठेमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको सोही गाउँपालिकाका प्रमुख विजय राईले हिजो शुक्रवार उद्घाटन गरेका हुन् ।
उक्त शाखाको उद्घाटनसँगै बैंकका शाखा संख्या अब २ सय ७० पुगेको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा हाल सबैभन्दा धेरै शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ । बैंकले हाल २ सय ७० शाखा कार्यालय, २ सय ८७ एटीएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवम् २० वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एवम् आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
हाल उक्त बैंकको वासलातको आकार रू. २१२ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४५ अर्ब पुगी निजीक्षेत्रबाट सञ्चालित बैंकहरूमध्ये सबैभन्दा ठूलो बैंकको रूपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हाल यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख पुगिसकेको छ ।