शिखर इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस कति? |
काठमाडौं । शिखर इन्स्योरेन्सलले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख रुपैयाँको १६ प्रतिशत अर्थात ३६ करोड ५७ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत अर्थात १ करोड ९२ लाख ५१ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृती पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।