बैंकहरुमा ११ अर्ब निक्षेप थपिँदा १ अर्ब कर्जा प्रवाह |
काठमाडौं । वाणिज्य बैंकहरुमा एक सातामा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार मंसिर ९ देखि १६ गतेसम्मको अवधिमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुमा कुल ४५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा मंसिर १६ गतेसम्म आउँदा ४५ खर्ब ७३ अर्ब पुगेको छ ।
यता, यसैअवधिमा कर्जा प्रवाह भने १ अर्ब मात्रै बढेको छ । मंसिर ९ गतेसम्म कुल ४२ खर्ब २२ अर्ब कर्जा प्रवाह भएकोमा मंसिर १६ गतेसम्म ४२ खर्ब २३ अर्ब पुगेको छ । बैंकहरुको लिदैं आएको चर्को ब्याजदरका कारण कर्जा प्रवाह नबढेको जानकारहरुको भनाइ छ । बैंकहरुले ब्याजदर नघटाएसम्म कर्जा लगानी नबढ्ने उनीहरुको तर्क छ ।