टेरेस रिसोर्टको शेफमा दीपक मिश्रा |
काठमाडौं । भक्तपुरको सूर्यविनायकस्थित टेरेस रिसोर्ट एन्ड स्पाले आफ्नो रिसोर्टको कार्यकारी शेफमा दीपक मिश्रालाई नियुक्त गरेको छ ।
एक विज्ञप्तिमार्फ टेरेस रिसोर्ट एण्ड स्पाले भारत ओडिसाका मिश्रा पछिल्लो १५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा अनुभव हासिल गरेका शेफ रहेको जनाएको छ । सो बीचमा उनले भारतको पार्क, सिंगापुरको मन्दारिन ओरिएन्टल, देहरादुनको द भेन्ना रिट्रीटलगायतका काम गरेका थिए ।
उनी खाद्य सुरक्षा प्रशिक्षण र प्रमाणीकरण तथा जोखिम विश्लेषण र क्रिटिकल कन्ट्रोल सम्बन्धी आधिकारिक प्रशिक्षक समेत भएको रिसोर्टको भनाइ छ ।