आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्य, विश्व प्रख्यात साइबर वीक अब नेपालमा |
काठमाडौं । आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि संचालनमा आएको छ।
मंसिर १३ गतेबाट शुरु भएको यस ‘साइबर वीक’ नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गर्न सक्नेछन्।
यस्का साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १०% छुट, रू. १,००० सम्म मात्र पनि प्राप्त गर्न सक्नुहुन्छ।
ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्ने कम्पनीले जानकारी दिएको छ।