तुलसीपुरको राम्रीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु | मृत्यु हुनेको संख्या बढ्न सक्ने
दाङ । राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा मृत्यु हुने ९ जना शव फेला परेको छ । अन्यको खोजी कार्य जारी छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।
शुक्रबार ४ बजेर ५० मिनेटमा बिद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गाडी करिब ६⁄७ सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी छ । अहिले प्रहरीले उद्धार र खोजी कार्य जारी राखेको छ । गाडी कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको हुन सक्ने बताइएको छ ।