सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अब अनलाइनबाटै |
काठमाडौं । सानिमा बैंकले ग्राहकहरूका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरेको छ।
उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट मा 'एप्लाई लोन अप टु ५ लाख अगेन्ट एफडी' मा क्लिक गरी आवश्यक विवरणहरू भरे पछि मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन्।
अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढीमा ९५ प्रतिशत वा अधिकतम ५ लाखमध्ये जुन कम हुन्छ उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले बताएको छ।
हाल बैंकले रेमिटेन्स मुद्दतीमा १३.५१ प्रतिशत, मुद्दतीमा १२.१३३ प्रतिशत, रेमिटेन्स बचत खातामा १०.१३३ प्रतिशत र बचत खाताहरूमा ९.१३३ प्रतिशत सम्मको ब्याजदर प्रदान गर्दै आइरहेको छ।
बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरू र १२३ वटा एटिएम. सञ्जालहरु छन्।