डिशहोमले वर्ल्डकप २के रिजोलुसनमा प्रसारण गर्दै |
काठमाडौं । डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान शुरु गरेको छ । नेपालको एक मात्र डीटीएच कम्पनी डिशहोमले लामो समयदेखि प्रतीक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रसारण गर्ने कम्पनीले जानकारी दिएको छ ।
हरेक चार चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरूले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन् । नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरूको गतिविधिलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरूसहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरू जारी गरेको कम्पनीको भनाई छ ।
डिसहोमले सुरु गरेको अभियानमा सहभागी हुनका लागि सहभागीहरूले डिशहोमको फेसबुक पेजमा गइ पोस्टमा ‘ह्यासट्यागम्याजिकलमोमेन्टसअफ’ (उनीहरुको मनपर्ने टिम जस्तै, म्याजिकल मोमेन्टस अफ पोर्चुगल) प्रयोग गर्नुपर्नेछ । साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरूको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्ने कम्पनीको भनाई छ ।