काठमाडौं, ललितपुर र भक्तपुरको मतगणना सुरु |
काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरको मतगणना सुरु भएको छ । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आइतबार भएको निर्वाचनको मतगणना सुरु भएको हो ।
निर्वाचन आयोगले सो क्षेत्रको मतगणना सुरु भएको जनाएको हो । मतदान कार्य सम्पन्न हुने बित्तीकै सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ गरिएको र रातिदेखि नै मतमणना सुरु गरिएको निर्वाचन आयोगको भनाइ छ ।