टेलिकमले विश्वकप प्याकेज उपलब्ध गराउने |
काठमाडौं । नोभेम्बर २० अर्थात् मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल–२०२२ हेर्न नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकहरुका लागि फिफा विश्व कप प्याकेज उपलब्ध गराउने भएको छ । फिफा वश्वकप –२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क५६५ रुपैयाँ एनटीटीभीका ग्राहकहरुले कम्पनीका ग्राहक सेवा केन्द्रमा नगई घरमै बसेर पनि खरिद गर्न सकिनेछ ।
फिफा विश्व–२०२२ हेर्नका लागि तोकिएको फिफा विश्वकप प्याकेज खरिद गर्ने कम्पनीका एनटीटीभी सेवाका ग्राहकहरुलाई उक्त प्याकेज खरिद गर्न प्रयोग गरिएको मोबाइल नम्बरमा कम्पनीका तर्फबाट २८ (अठ्ठाइस) दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटा समेत निशुल्क उपलब्ध गराइने छ ।
फिफा विश्व –२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क ५६५ रुपैयाँ एनटीटीभीका ग्राहकहरुले नजिकको कम्पनीको ग्राहक सेवा केन्द्रमा गएर पनि बुझाउन सकिन्छ । विश्व कप फुटबल अवधिभर उपलब्ध हुने सो अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।