जनउत्थान सामुदायिक लघुवित्त नोक्सानमा |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा जनउत्थान सामुदायिक लघुवित्तले ७६ लाख ७४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ६२ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसले नोक्सानी व्यहोर्न परेको हो । खुद ब्याज आम्दानी २८.४५% ले घटेर २ करोड ९२ लाख ९७ हजार रुपैयाँमा आएको छ ।
गत वर्ष ९३ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको यस संस्थाले यो वर्ष २ करोड ६१ लाख ६५ हजार रुपैयाँ सञ्चालन नोक्सानी व्यहोर्न परेको छ । असोज मसान्तसम्म यसको प्रतिसेयर आम्दानी पनि २० रुपैयाँ ७६ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ०५ पैसा छ ।