आफ्नो सम्पतिको ठूलो हिस्सा दान दिने अमेजनका संस्थापक जेफ बेजोसको घोषणा |
काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो सम्पत्तिको अधिकांश हिस्सा च्यारेटीमा दान दिने घोषणा गरेका छन् । बेजोसले एक अन्तर्वार्तामा आफ्नो सम्पत्तिको ठूलो हिस्सा जलवायु परिवर्तनसँग लड्न र मानवतालाई एकताबद्ध गर्न सक्ने मानिसहरुलाई सहयोग गर्न दान दिने बताएका हुन् ।
यसरी आफ्नो सम्पत्ति च्यारेटीलाई दिने घोषणा गर्ने उनी पहिलो अर्बपति भने होइनन् । यस अघि विभिन्न अर्बपतिहरु आफ्नो सम्पत्तिको सम्पूर्ण या अधिकांश हिस्सा च्यारेटी वा अन्य कुनै संस्थालाइ दिने घोषणा गरेका छन् ।
वारेन बफेट, माइक ब्लूमबर्ग, बिल गेट्स र बेजोसकी पूर्वपत्नी म्याकेन्जी स्कटले गिभिङ प्लेजमा हस्ताक्षर गरिसकेका छन् । हस्ताक्षरकर्ताहरूले आफ्नो इच्छामा सम्पत्ति दिनुपर्ने हुन्छ।
योसँगै बेजोस पनि सम्पत्ति दान दिने घोषणा गर्ने अर्बपतिहरुको सूचीमा परेका छन् । हाल उनको कुल सम्पति १ खर्ब २४ अर्ब डलर रहेको छ । उनी विश्वका चौथौ धनी व्याक्ति हुन् ।