तोसिमा कार्कीको उम्मेदवारी कायम रहने |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ। उनले ललितपुर–३ बाट उम्मेदवारी दिएकी हुन् ।
सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको एकल इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ। ।
निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएपछि तोसिमाले अदालतमा मुद्धा दायर गरेकी थिइन। उनको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश चुडालको इजलासले आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको थियो । साेमबार संयुक्त इजलासले साे आदेशलाई नै निरन्तरता दिएको छ। ।
सर्बोच्च अदालतले उनी लाभको पदमा रहेको मान्न नसकिने ठहर गरेसँगै अब उनले चुनाव लड्न पाउने भएकी छिन्।